नेपालमा विदेशी टिभी च्यानल बन्द

९ असार २०७६, सोमबार १७:३४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । आज दिउँसो ३ बजेबाट नेपालमा बिदेशी टिभी च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले २४ घण्टाको लागि बिज्ञापन प्रसारण हुने सम्पूर्ण बिदेशी च्यानल बन्द गरेका हुन् । 

प्रस्तावित विज्ञापन ऐन, २०७६ को विरोधमा ९ गते दिउँसो ३ बजेदेखि १० गते दिउँसो ३ बजेसम्म विदेशी च्यानलहरु बन्द गरिएको हो । प्रस्तावित ऐनमा क्लिन फिडको प्रावधान रहेको र त्यो लागु गर्दा कस्तो परिस्थिति र प्रभाव पर्छ भनेर सम्पूर्ण सरोकारवालालाई अवगत गराउन च्यानल बन्द गरिएको महासंघका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । नेपालमा प्रसारण हुनेमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

बिदेशी च्यानलहरु बन्द हुँदा नेपाली दर्शकहरुले अहिले चलिरहेको क्रिकेट विश्वकप, कोपा अमेरिका फुटबल लगायतका कार्यक्रमहरु हेर्न पाउने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर