प्रदेश ५ योजना आयोगको उपाध्यक्षमा डा. गौतम

९ असार २०७६, सोमबार १६:५० मा प्रकाशित

बुटवल, ९ असार । प्रदेश नम्बर ५ को योजना आयोगको उपाध्यक्षमा डा. ईश्वर गौतम नियुक्त भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बुटवलका स्थायी बासिन्दा गौतम यसअघि लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख थिए । गौतमले भारतको गोरखपुर विश्व विद्यालयबाट श्रमिक व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् । २०१३ सालमा पाल्पामा जन्मेका उनले स्नातक तहसम्मको अध्ययन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट पूरा गरेका हुन् ।

भारतको क्रिष्टियन मेडिकल कलेजबाट सामुदायिक विकासमा स्नातकोत्तर गरेका गौतमले अमेरिकी संस्था मेरीगोल्ड अर्गनाइजेसनमा २० वर्ष परामर्शदाताका रुपमा र विश्व बैंकको ग्रामीण पूर्वाधार परियोजनामा केही वर्ष काम गरेका थिए ।

२०४१ सालमा लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुख भएका गौतमले तीन पटक गरी २२ वर्ष क्याम्पसमा सेवा गरेका थिए । उनी सत्तारुढ नेकपाको केन्द्रीय शिक्षा विभागको सदस्य हुन् ।

यसअघिका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि जेठ १४ गते पदबाट राजीनामा दिएका थिए । आयोगको सदस्यहरुमा डा. विष्णुप्रसाद गौतम र पुष्पा भुसाल लुइटेल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने

सुनसरी । सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान- १३ स्थित नागेश्वर मार्ग