संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, मुद्दा हाल्नेलाई कारबाहीको माग

९ असार २०७६, सोमबार १६:३४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । प्रतिनिधिसभाको सोमबारको बैठकमा विवादित बनेको लोकगीत ‘गलबन्दी’को प्रसंग उठेको छ । लय चोरेको भन्दै गलबन्दीका सर्जक प्रकाश सपुतविरुद्द मुद्दा लगाईएकोप्रति सांसदले दलित भएकै कारण सपुतमाथि मुद्दा हालिएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार आफैँ लागेको आरोप लगाउँदै लगाए । ‘सरकार नै जाति जाति र नागरिक नागरिकबीच नै द्वन्द्व गराउन चाहन्छ । प्रकाश सपुत र शान्ति सिंह परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस्,’ उनले भने ।

‘गलबन्दी च्यातियो तिमीले तानेर’ भन्ने गीत गाउने गायक प्रकाश सपुत र शान्तिश्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्दा लगाउने काम भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

सत्तारुढ दलकै भ्रातृ संस्थामा आबद्ध शम्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्दा हालेको प्रसंग उल्ल्लेख गर्दे सांसद विश्वकर्माले गाउँघरमा गाईने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्दा हाल्नु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले प्रकाश सपुतविरुद्ध मुद्दा हाल्ने र सामाजिक सञ्जालमा जातीय द्वन्द निम्तिने किसिमका शब्द प्रयोग गरी गालीगलौज गर्नेलाई कारबाही नगरे सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही