धेरै मोबाइल चलाउनेको टाउकोमा सिँङ पलाउँदै

९ असार २०७६, सोमबार १६:१२ मा प्रकाशित

काठमाडौँ, ९ असार । स्मार्टफोनको लत अहिले ह्वात्तै बढेको छ । चलाउन जान्नेको हातमा पनि स्मार्टफोन, नजान्नेको हातमा पनि स्मार्टफोन । स्मार्टफोनको उपयोगीताबारे ज्ञान नभएकाले समेत तस्बिर खिच्न र खिचाउँनकै लागि स्मार्टफोन बोकेका हुन्छन् ।

मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिन थालेका छन् । यसको अधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने अनेकौं अनुसन्धानले देखाएका छन् ।

तर हालै गरिएको एक अनुसन्धानले चाहिँ मोबाइलको अत्यधिक प्रयोगबाट आउने दुष्परिणामको निकै अनौठो खुलासा गरेको छ ।

मोबाइलले शरीरभित्रको अस्थिपञ्जरलाई परिवर्तन गरिरहेको देखिएको छ । मोबाइल धेरै प्रयोग गर्ने युवाहरूको शिरमा सिंग निस्किरहेको छ । उनीहरूको टाउकोको स्क्यान गर्दा यो कुरा पुष्टि भएको हो ।

बायोमेकानिक्समा गरिएको अनुसन्धानले टाउको धेर झुकाउँदा युवाहरूको खोपडीको पछिल्तिर सिंग निस्किरहेको देखिएको छ ।

मोबाइलमा घन्टौं बिताउने १८ देखि ३० वर्षका युवा यसको बढी शिकार बनिरहेका छन् ।

यो अनुसन्धान अस्ट्रेलियाको क्वीन्सल्यान्ड स्थित सनशाइन कोस्ट विश्वविद्यालयमा गरिएको हो । मेरुदण्डको हाड बांगिँदै गएर टाउको पछाडि हूक वा सिंग जस्तो हाड बढिरहेको अनुसन्धानमा भेटिएको छ ।

द वाशिङटन पोस्टको खबरअनुसार, खोपडीको तल्लो भागमा सिंग जस्तो हाड देख्न सकिन्छ ।

चिकित्सकहरूका अनुसार, हाम्रो खोपडीको तौल लगभग साढे चार किलो छ । सामान्यतया मोबाइल प्रयोग गर्दा मानिसहरू आफ्नो टाउको अगाडि पछाडि हल्लाइरहन्छन् । यस्तो हुँदा गर्दनको तल्लो भागको मांसपेशी तकिन्न्छ र हाडहरू बाहिर निस्कन्छन् । तिनै हाड सिंग जस्तो देखिन्छन् । टाउकोमा बढी दबाब पर्दा यसो भइरहेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार, स्मार्टफोन र अन्य डिभाइसले मानव स्वरूपलाई परिवर्तन गरिरहेका छन् । प्रयोगकर्ताले सानो स्क्रीनमा के भइरहेको छ भनी हेर्नलाई टाउको अघिल्तिर झुकाउनुपर्ने हुन्छ । यसले गर्दा टाउकोको हाड बढिरहेको छ ।

महिलालाई भन्दा पुरुषलाई यो समस्याले बढी गाँजेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह

काठमाडौँ – ७५ को उमेरमा इसाओ काकेहीको स्वास्थ्य अवस्था राम्रो थियो । अचानक उनी प्रेममा पनि परे । २०१३ मा

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे