पेट्रोलियम पाइपलाइनको सफल परीक्षण

९ असार २०७६, सोमबार १५:२० मा प्रकाशित

बारा, ९ असार । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन विछ्याउने काम सम्पन्न भएको छ । पाइपलाइनको परीक्षण पनि सफल भएकोले प्राविधिकले यही महिनाको अन्त्यसम्ममा पाइपलाइन सञ्चालनमा आउने सम्भावना रहेको बताएका छन् । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीको उपस्थितिमा परिक्षण सम्पन्न गरिएको हो ।

पाइपलाइनबाट पानी पठाएर गरेको परीक्षण सफल भएपछि उक्त पाइपलाइन एक महिनामा सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

परिक्षण सफल भएपछि विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजेल ल्याउन सकिने भएको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको