फोर्स मर्जर अनुकुल मौद्रिक नीति आउने संकेत, गभर्नरले भने ‘लभ गर्ने समय सकियो’

९ असार २०७६, सोमबार १५:१७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले मौद्रिक नीति मार्फत फोर्स मर्जरको नीति आउन सक्ने संकेत गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा गभर्नर नेपालले मौद्रिक नीति जारी भएपछि स्वेच्छिक मर्जरको छुट कुनै पनि वित्तिय संस्थाले नपाउने बताए ।

फोर्स मर्जरलाई ‘मागी विवाह’ र स्वेच्छिक मर्जरलाई ‘प्रेम विवाह’सँग तुलना गर्दै उनले प्रेम विवाहको समय मौद्रिक नीति नआउँदासम्मको लागि मात्र भएको बताए । १० बर्षअघि राष्ट्र बैंकले पूँजी वृद्धि गर्दाखेरी नै ‘लभ गर्ने समय’ उपलब्ध गराएको भन्दै गभर्नरले अब त्यो समय समाप्त हुन लागेको जानकारी दिए । मौद्रिक नीति आएपछि लभ गर्दै हिँड्ने समय नहुने भन्दै त्यही अनुसार बुझ्न बैंकलाई आग्रह गरे ।

उनले बजेटमै बैंक तथा वित्तीय संस्थाको मर्जरको बिषय समावेश भएकोले अब कसैले त्यो रोक्न नसक्ने बताए । उनले अर्थमन्त्री वा प्रधानमन्त्रीलाई भेटेर मर्जर नीति नरोकिने भन्दै कुनै पनि दबाबमा राष्ट्र बैंक नपर्ने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति