कैदीलाई उपचार गर्दा हतकडी नलगाउन मानव अधिकार आयोगको निर्देशन

९ असार २०७६, सोमबार १०:१५ मा प्रकाशित

काठमाडौँ, ९ असार । राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचार गराउँदा नेल/हतकडी नलगाउन निर्देशन दिएको छ । आयोगको अनुगमनमा निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो ।

आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेरै चौधरीको उपचारमा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख गरेका छन् । नेपालको कारागार ऐन २०१९ को दफा ११ (२) मा उल्लेखित स्वास्थ्य उपचारको क्रममा नेल, हतकडी लगाउन नपाउने व्यवस्था विपरीत चौधरीलाई नेल लगाइएको आयोगको ठहर छ ।

आयोगले आगामी दिनमा कैदीवन्दीको उपचारका क्रममा शारीरिक र मानसिक अवस्थामा असर नपुग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै नेलसहित कैदीबन्दीलाई उपचार कक्षमा राख्न निर्देशन दिने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार