किन उकालो लाग्दैछ सुनको भाउ ?

९ असार २०७६, सोमबार ०९:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । केही दिन यता सुनको मूल्य निरन्तर उकालो लागेको छ । असार ८ गते आइतबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्म कै उच्च मूल्य हो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो । पछिल्लो अमेरिकी वित्तीय नीतिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्चदरमा बढेको व्यवसायीहरु बताउँछन् । अमेरिकाले आफ्नो वित्तीय नीति बदल्दै आउँदो महिनादेखि बैंक ब्याजदर घटाउने घोषणा गरेको छ । सोहीकारण लगानीकर्ता डलर र सेयर बजारमा भन्दा सुनमा बढी आकर्षित भएका छन् ।

सरकारले आगामी आव ०७६÷७७ का लागि ल्याएको बजेटले सुनको आयातमा भन्सार बढाएका कारणसमेत नेपाली बजारमा सुनको मूल्य बढेको हो  । नेपालमा भन्सार बढाएका कारण आन्तरिक बजारमा सुनको भाउ थप १ हजार बढी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर