अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

९ असार २०७६, सोमबार ०९:०३ मा प्रकाशित

ब्राजिल, ९ असार । अर्जेन्टिना कोपा अमेरिका फुटकलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा आमन्त्रित राष्ट्र कतारलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समुहको उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै टोलीको क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।

समुह ए बाट ब्राजिल र भेनेजुएला, समुह बि बाट कोलम्बिया र अर्जेन्टिना तथा समुह सी बाट चिली र उरुग्वे अघिल्लो चरणमा पुगेका छन् । अब क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्ने छ । अन्य टोलीको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको

काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानले

काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको सुपर १२