बालुवाटारमा इद मिलन कार्यक्रम

९ असार २०७६, सोमबार ०८:५९ मा प्रकाशित

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ईदुल फित्रको अवसरमा इद मिलन कार्यक्रमको आयोजना गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ईद मिलन कार्यक्रमको आयोजना गरेका हुन ।

नेपालको इतिहासमा प्रधानमन्त्रीबाट बालुवाटारमै इद मिलन कार्यक्रमको आयोजना गरिएको यो पहिलो पटक हो । यस प्रकारको कार्यक्रमले मुस्लिम समुदायको संविधानमा स्थापित राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने बिश्वास छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीका साथै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राइन लगायतका मन्त्रीहरू, नेकपाका महासचिव विष्णु पौडेल, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, पूर्वमन्त्री, सांसद, विभिन्न देशका कुटनीतिक नियोग प्रमुखहरू र मुस्लिम नेता तथा अगुवाहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा