अंगरक्षकद्वारा एथियोपियाका प्रधानसेनापतिको हत्या

८ असार २०७६, आईतवार १५:३२ मा प्रकाशित

इथियोपिया, ८ असार । इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या भएको छ । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिएका छन् । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।

सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ । प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रो असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको