कोपा अमेरिकाः अर्जेन्टिनालाई कतारको चुनौती,‘हामी मेस्सीसँग फोटो खिच्न आएका होइनौँ’

८ असार २०७६, आईतवार १४:२१ मा प्रकाशित

ब्राजिल, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको समहु बीको अन्तिम खेलमा अर्जेन्टिना र कतार भिड्दैछन् । दुवै टोली एकअर्कालाई हराएर क्वाटरफाइनल प्रवेश गर्न चाहान्छन् । दुई खेलबाट १–१ अंक मात्र जोडेका दुवैटोलीका लागि अन्तिम खेल जित्नैपर्ने दबाब छ ।

आगन्तुक टोली कतार उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई हराएर इतिहास रच्ने दाउमा हुनेछ । खेलअघि आयोजित पत्रकार सम्मेलनमा कतारका प्रशिक्षक फेलिक्स सान्चेजले अर्जेन्टिनालाई चुनौती दिदै ‘हामी ब्राजिलमा प्रतिस्पर्धा गर्न आएका हौं, न की लियोनल मेस्सीसँग तस्विर खिचाउन,’ भनेका छन् ।

सान्चेज बार्सिलोनाका पूर्वप्रशिक्षक हुन् । उनी सन् १९९६ देखि २००६ सम्म बार्सिलोनाका प्रशिक्षक थिए । मेस्सीलाई रोक्न कठिन हुने भएपनि आफुसँग स्पष्ट रणनीति रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति