संसदमा अमर्यादित शब्द प्रयोग गर्दै घोचपेच

८ असार २०७६, आईतवार १४:११ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ असार । प्रतिनिधि सभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच अमर्यादित शब्द प्रयोग गर्दै घोचपेच भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भने । त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपा सांसद झपट रावलले पनि प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई ‘छेरबहादुर देउवा’ भनिदिए ।

‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने, झुटको खेती गर्ने भएकाले अब उहाँलाई झुटप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन,’ चौधरीले भने ।

‘प्रतिपक्षी दलका मानीय सांसदले जसरी प्रधानमन्त्रीको नाम बंग्याएर करप्रसाद र झुटप्रसाद भन्नुभयो, त्यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेताज्यू शेरबहादुर देउवालाई छेरबहादुर भन्न बाध्य भयौ भने के हुन्छ ?’ रावलले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी