देशभर फैलिदै मनसुन, कहिलेसम्म पर्छ पानी ?

८ असार २०७६, आईतवार १३:३५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ असार । मनसुन पश्चिमतर्फ विस्तार हुने क्रममा आज सुदुरपश्चिमसम्मै फैलेको छ । असार ५ गते देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन क्रमश मध्य भू–भाग हुँदै फैलने क्रममा आइतबार बिहानैदेखी पश्चिम नेपालमा वर्षा भईरहेको छ ।

गत वर्षहरुभन्दा १० दिन ढिलो सुरु भएको मनसुन नेपालमा सामान्यतय चार महिना रहन्छ । जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।

यसरी SASCOF-14 मा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को केही पश्चिमी भू–भागहरुमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकि प्रदेशहरु गण्डकी, कर्णाली र सुदुरपश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।