जनार्दन शर्माको प्रश्न,‘सरकार पञ्चायती शैलीमा चल्न खोजेको हो ?’

८ असार २०७६, आईतवार ११:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ असार । सत्तारुढ दलकै सांसदले सरकार पञ्चायती शैलीमा चल्न खोजेको भन्दै आपत्ति जनाएका छन् । सरकार यसैगरी चल्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रकरणबारे प्रश्न उठेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

‘मलाई जानकारी भएसम्म पौडेललाई समातेर हात बाँधेर गोली ठोकेको भन्ने छ, यथार्थ के हो ? गृहमन्त्रीले जानकारी दिनुपर्छ । यदि त्यसो हो भने वर्तमान सरकारको शैली पञ्चायती सरकार भन्दा फरक भएन । यसले यो व्यवस्था र हामी कहाँ पुग्छौँ सोचनीय विषय बनेको छ’, पूर्वगृहमन्त्री समेत रहेका शर्माले भने । सर्लाही घटनाबारे छलफलपछि समिति सभापति शशी श्रेष्ठले घटनाबारे जानकारी गराउन सोमबार गृहमन्त्री रामबहादुर थापालाई समितिमा बोलाउने जानकारी दिइन् ।

पौडेलको गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । प्रहरीले इन्काउन्टरमा पौडेलको मृत्यु भएको भनेपनि समातेर गोली हानिएको भन्दै त्यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने