ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

८ असार २०७६, आईतवार ०९:५१ मा प्रकाशित

ब्राजिल, ८ असार । कोपा अमेरिका फुटबलको आयोजक देश ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे ।

समूह चरणको तीन खेलमा ब्राजिलले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएर समूह विजेता हुँदै अन्तिम ८ मा पुगेको हो । १२ औं मिनेटमा कासीमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा ब्राजिलले दोब्बर अग्रता बनाउन सफल भयो । योपटक भने फिर्मिन्होले गोल गरे । ३२ औं मिनेटमा डानीले गोल गर्दै ब्राजिललाई पहिलो हाफसम्म ३–० गोलले अघि भएको थियो ।

ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ब्राजिलका लागि ५३ औं मिनेटमा अल्भेसले र ९० औं मिनेटमा विलियनले गोल गर्दै ५–० गोलको जित दिलाए ।

त्यस्तै, यसै समूहबाट भेनेजुएलाले बोलिभियालाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । भेनेजुएलाले बोलिभियालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले

रोम । इन्टरमिलान एघार वर्षपछि इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा