विश्वकप क्रिकेटमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

८ असार २०७६, आईतवार ०९:४८ मा प्रकाशित

लर्ड्स, ८ असार । विश्वकप क्रिकेटमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुदे खेलमा विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको दक्षिण अफ्रिकाले तेस्रो खेलमा भारतसँग ६ विकेटको पराजय बेहोर्यो । वेष्ट इन्डिजसँगको चौथो खेल भने पानीले विथोलिएको थियो । पाँचौं खेलमा भने उसले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । छैटौं खेलमा भने न्युजिल्यान्डसँग दक्षिण अफ्रिका चार विकेटले पराजित भएको थियो ।

यता, पाकिस्तानले भने आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको पाकिस्तानले तेस्रो खेल भने वर्षाको कारण श्रीलंकासँग अंक बाँडेको थियो । चौथो खेलमा अष्ट्रेलियासँग ४१ रनले पराजित भएको पाकिस्तान पाँचौ खेलमा भारतसँग ८९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले