साथीको जन्मदिन मनाउंदा आफ्नै मृत्यु

२१ श्रावण २०६९, आईतवार १८:४१ मा प्रकाशित

काठमाडौं, २१ साउन । साथीको जन्मदिन मनाउने क्रममा खोलामा घुम्न गएकी जोरपाटी ७ आरुबारी बस्ने २० वर्षीया उषा श्रेष्ठ शनिबार दिउंसोदेखि बेपत्ता भएकी छिन् । किनारमा रमाइलो गर्ने क्रममा ढंगामा चिप्लिएर उनी खोलामा खसी बेपत्ता भएकी बताइएको छ । घटनाको २४ घण्टा नाघिसक्दा पनि उनको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
बताइएअनुसार जोरपाटीकै हिरामणी नेपाल र सुगन कार्कीसँग हिरामणिाको जन्म दिन मनाउने क्रममा खोलामा घुम्न गएको अवस्थामा शनिबार दिउंसो साढे दुई बजेतिर उनी खोलामा खसेकी हुन् ।
यसैबीच काठमाडौं कालीमाटीस्थित महालक्ष्मी प्लाजाअगाडि सडक पेटीमा आज बिहान स्याङ्जा घर भई थानकोट बस्ने २५ बर्षीय सुदिप पनेरु मृत अवस्थामा फेला परेका छन् भने काठमाडौं महानगरपालिका–३४ शंखमुल पुलनजिक खालीचौरमा अंदाजी २५ बर्षीय बिक्रम माझी नाम गरेको व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ