डेनमार्कको कोपनहेगनमा कांग्रेसको प्रशिक्षण र विश्व भेला जारी

७ असार २०७६, शनिबार २३:०४ मा प्रकाशित

कोपनहेगन । नेपाली काग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी सरकार भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

“बजेट पेश गर्दा स्थानिय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो, ३० देखि ३५ प्रतिशत सम्म मात्र बजेट दिएको छ, त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु” उनले भने । संघियताको बाटो नेपाली काग्रेसले कोरेको उनले बताए ।

पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने ठोकुवा गर्दै पाँच वर्ष नेपाली काग्रेसले सरकार संञ्चालन गर्न पाए मात्र चमत्कार गर्न सकिने बताए ।नेपाली काग्रेसकै कारण नेपालमा धेरै परिवर्तन भएको उनको दावी थियो ।”गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सात हजार किमि बाटो थियो अहिले झण्डै ९० हजार किमि बन्यो, एउटा मेडिकल कलेज थियो, अहिले २० वटा पुगे, दुई वटा विश्वविद्यालय थिए अहिले १२ वटा विश्वविद्यालय पुगे, आकाशमा हवाइजहाज तथा विदेश जाने अवस्था सिर्जना समेत नेपाली काग्रेसका कारण सम्भव भएको हो” कोईरालाले भने।

अर्को प्रसंगमा उनले नेपाली काग्रेसलाई आफ्नो भित्रको अन्तरघातले मात्र हराउन नत्र अरु कसैले नेपाली काग्रेसलाई कसैले पराजय गर्न नसक्ने उनले बताए । आफुभित्र भएको तिक्ततालाई मेटाएर एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा उनको जोड थियो । तुरुन्तै निर्वाचन भएपनि नेपाली काग्रेस पहिलो पार्टी बन्ने उनको ठोकुवा थियो ।

जनसम्पर्क समितिको सुरुवात विशेश्वरप्रसाद कोइरालाले पहिलोपटक बम्बईमा आजभन्दा ४५ वर्ष अगाडी स्थापना गरेको महामन्त्री कोइरालाले स्मरण गरे। जनसम्पर्क समितिको क्रियाशिलताले काग्रेसलाई उर्जा थपेको उनले सुनाए ।

नेपाली काग्रेसका उपसभापती विमलेन्द्र निधिले विदेशमा बस्ने नेपालीको लागि भोटिङ राइट कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा नेपाली काग्रेस दृढ रहेको बताए । ’भोटिङ राइटको प्रयोग कसरी गर्ने उपयोग कसरी भन्ने छलफल गरेर अगाडी बढ्न नेपाली काग्रेस चाहन्छ‘ उनले भने ।

लोकतान्त्रिक नेपालको माध्यमबाट नेपालको विकास गर्नका लागि नेपालमा आएको परिवर्तन, शासनप्रणालि र संविधानलाई संस्थागत गर्ने चुनौती नेपालमा रहेको उनले बताए । यो चुनौतीको सामना गर्ने सामथ्र्य नेपाली काग्रेसमा मात्र दावी निधिले गरे ।

नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ । उपसभापति विमलेन्द्र निधीले प्रमुख अतिथिको रुपमा भेलाको उद्घाटन गरेका छन्। तीनदिने भेलाको पहिलो दिन उद्घाटन मात्र भएपनि नेपाली जनसम्पर्क समिति डेनमार्कले चौधौं बार्षिकोत्सब मनाएको हो।
प्रशिक्षणको दोस्रो दिन आज विभिन्न देशबाट आएका नेता तथा कार्यकर्ताहरु आआफ्ना भनाइहरु राख्नेक्रम जारी छ । यो समाचार तयार पर्दा सम्म नारायण आचार्य, बिष्णु सुवेदी, चिन्तामणी सापकोटा, गंगाधार गौतम लगायतले बोलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन