आप्रबासी समस्या हल गर्न ओब्राडोर सेप्टेम्बरमा अमेरिका आउने

७ असार २०७६, शनिबार २२:५५ मा प्रकाशित

मेक्सिको सिटी, ७ असार । मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडोर आप्रबासी शरणार्थी समस्याबारे अमेरिकी राष्ट्रपति लगायत उच्च अधिकारीसँग छलफल गर्न आगामी सेप्टेम्बरमा वासिङ्टन आउने भएका छन् ।

ओब्राडोरले भन्नुभयो, “मेक्सिकोले आप्रबासी समस्याबारे सम्भवत आगामी सेप्टेम्बरमा एउटा सहमतिमा पुग्नेछ ।”

नियमित पत्रकार सम्मेलनमा शुक्रबार उहाँले भन्नुभयो, “हामी (मेक्सिको)ले आप्रबासी समस्याबारे मुल्याङ्कन गर्न चाहेको छ । यसलाई अमेरिका र मेक्सिकोको पहलमा हल गर्नुपर्छ । पक्कै पनि यो भेट सेप्टेम्बरको कुनै दिनमा हुनेछ ।”

ओब्राडोरले भन्नुभयो, “हामीले सधैँ नै विश्व समुदाय र यहाँका जनताबीच राम्रो सम्बन्ध स्थापित गर्दै आएका छौँ । खासगरी संयुक्त राज्य अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि सम्बन्धलाई सुमधुर बनाउन र निरन्तरता दिन चाहन्छौँ ।”

“हामीले अमेरिकी जनतासँगको मित्रतालाई थप मजबुत पार्न चाहेका छौँ,” उहाँले थप्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार टेलिमुन्डो नेटवर्कलाई दिएको अन्तर्वार्तामा आफूले मेक्सिकोका समकक्षीसँग भेट्न र दुई मुलुकको समस्याबारे छलफल गर्न चाहेको सञ्चारमाध्यमले जनाउनुभएको थियो । तर यसबारे बिस्तृत विवरण भने आएको थिएन ।

यही जुन ७ गते अमेरिकी तथा मेक्सिको सरकारबीच मध्य अमेरिकाबाट आप्रबासी शरणार्थीलाई घटाउने सम्झौता भएको थियो । जसका कारण अमेरिकाले जुन १० देखि मेक्सिकोबाट आयात गर्ने सामानमा बढाउने भनिएको करवृद्धिलाई स्थगित गरिएको थियो ।

सम्झौतामा मेक्सिकोले कागजात नपुगेका आप्रबासीलाई प्रबेशमा कडाई गर्न नेशनल गार्डलाई थप परिचालित गर्ने प्रतिवद्धता जनाएको थियो ।

क्याराभानको गठनसँगै सन् २०१८ पछि मध्य अमेरिकीहरू मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने चाप बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमति पत्र जारी गर्नेसहितका काम अध्यागमन विभागबाट दशैंको दुई दिन बन्द हुने भएको छ ।

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को

काठमाडौँ । कोरोना महामारीका कारण स्वदेश फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन्

काठमाडौँ । सरकारले ‘अध्यागमन कार्यविधि, २०६५’ संशोधन गरेको छ। बुधबार गृह मन्त्रालयको मन्त्रीस्तरीय कार्यविधिको दफा ३.१ को उपदफा (२)को खण्ड (घ) संशोधन