भारत प्रवेश गर्न भिसा अनिवार्य

७ असार २०७६, शनिबार १४:४४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ७ असार । भारत प्रवेश गर्न नेपाली नागरिकलाई पनि भिसा चाहिने भएको छ । चीन, हङकङ, पाकिस्तान र मकाउ हुँदै भारत प्रवेश गर्ने नेपालीलाई भिसा अनिवार्य गरिएको नयादिल्लीस्थित नेपाली दुताबासले जनाएको छ ।

योसँगै भारतको बाटो हुँदै साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब एमिरेट्स (युएई), ओमन, बहराईन, इराक, लिविया र लेवनान यात्रा गर्ने नेपाललाई भारतीय अध्यागम पार गर्दा अब नेपाली दुताबासको सिफरिस पत्र आवश्यक पर्ने भएको छ । भारतीय अध्यागम पार गर्दै यी देशमा जाँदा कुन देश जान लागेको उक्त देशको भिसा र हवाई टिकटको प्रतिलिपी पनि बुझाउनु पर्नेछ । यसरी कागजात बुझाएपछि मात्रै दुताबासले औचित्यको आधारमा सिफरिस उपलब्ध गराउने भएको छ ।

नेपाल भारतको सिमाना खुला भएका कारण नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा भिसा बिना नै यात्रा गर्न सक्थे । तर नेपालले भारतलाई भारतको बाटो हुँदै खाडी मुलुकमा जाने नेपालीहरु (विशेषगरी युवतीहरु) लाई नेपाली दुताबासको सिफरिस बिना जान नदिन भनेको छ । यसको कारण पनि भारतले खाडीका देशमा जाने नेपालीका लागि उक्त देशको भिसा लगायतका कागजात माग्ने भएको हो ।

यस्तो छ दुताबासको सूचनाः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार