१२ पासलाई मात्रै विदेश पढ्न पठाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

६ असार २०७६, शुक्रबार १७:२८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ असार । कक्षा १२ पास गरेकालाई मात्र अध्ययनका लागि विदेश जान स्वीकृति दिने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत जेठ २९ गते जारी भएको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अधिवक्ता रामदत्त ओझाले उत्प्रेषणको आदेश माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै इजसालसले १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरुका नाममा आदेश जारी गरेको छ । अदालतले अन्तरिम आदेश माग भएको सम्बन्धमा दुवै पक्षको छलफल आवश्यक रहेको भन्दै विद्यार्थीलाई विदेश अध्ययन गर्न जाँदा स्वीकृति नो अप्जेक्सन लेटर नदिनुपर्ने कारण लिखित रुपमा पेश गर्न भनेको छ । सर्वोच्चले आगामी आईतबार अर्को पेशी तोकेको छ ।

एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत जेठ २९ गते सूचना जारी गर्दै १२ कक्षा उत्तीर्णलाई अध्ययनका लागि विदेश जान स्वीकृति (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध अधिवक्ता ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

गण्डकी । पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।माछापुच्छ«े पौडिने फेवाताल होस्