ओलीको ट्वीटमा मोदीको रिट्वीट

६ असार २०७६, शुक्रबार १६:३१ मा प्रकाशित

काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व योग दिवसका अवसरमा गरेको ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिट्वीट गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरबाट ‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।’ भनेर ट्वीट गरेका थिए ।

प्रधानमन्त्री ओलीको उक्त ट्वीटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रूपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’ भनेर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु