चार विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

६ असार २०७६, शुक्रबार १५:२४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ असार । नेपाली काङ्ग्रेसले आगामी असार २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । विधान र नियमावलीबारे छलफल गर्न काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

असार २२ गते आइतबार ११ वजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने छ । बैठककमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरु सहभागी हुने छन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, २०७६, राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रमको समिक्षा, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयीक राजनीतिक विषयमा छलफल हुने काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण