डुबेको डुङ्गामा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

१ चैत्र २०६८, बुधबार ०९:१९ मा प्रकाशित

काठमाडौ, १ चैत । हिजो बङ्गलादेशमा भएको डुंगा दुर्घटनामा परी निधन हुने नागरिकको संख्या आज विहानसम्ममा ६६ पुगेको छ । बङ्गलादेशको राजधानी ढाकाबाट ४० किलोमिटर दक्षिणपूर्वी भागमा बग्ने मेघना नदीमा हिजो अपरान्ह स्थानीय समय अनुसार करिब साढे दुई बजे डुङ्गा डुबेको थियो । डुंगा हिजो डुबे पनि उद्वारकर्मीहरुले उद्धार गरेर आज थप शव भेटेका थिए र उद्धार अझै जारी रहेको बताइएको छ । डुंगामा २०० जना रहेको अनुमान गरिएको छ भने ती मध्ये अझै केही बेपत्ता नै रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो

नयाँ दिल्ली । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया