रोकिएन रसुवागढीको पहिरो, सुरुङमा फसेका कामदारको सकूशल उद्दार

६ असार २०७६, शुक्रबार ११:१७ मा प्रकाशित

रसुवा, ६ असार । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ भित्र खटिएका कामदारको सकुशल उद्दार गरिएको छ । ९ नेपाली र ६ जना चिनियाँ नागरिकको शुक्रबार बिहान उद्दार गरिएको हो ।

बिहिबार बेलुका आयोजना निर्माण स्थलमा सुख्खा पहिरो जाँदा उनीहरु रात भर सुरुङ भित्रै थुनिएका थिए । बिहिबार बेलुका करिब साढे ८ बजे तिर अचानक पहिरो गएको थियो । उनीहरुको ११ घण्टा पछि सकुशल उद्दार गरिएको हो । फसेका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरेको हो । थुनिएका कामदार मध्ये एक जना सामान्य घाइते छन् ।

आयोजना निर्माण स्थलमा अझै पनि पहिरो खसिरहेको छ । पह्रिरो जाने क्रम नरोकिएपछि काम रोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसाेसिएसन,