सुनको भाउ इतिहासकै उच्च, दिनदिनै नयाँ रेकर्ड

६ असार २०७६, शुक्रबार ११:१३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ असार । आज शुक्रबार पनि सुनको भाउ १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार ६४ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य शुक्रबार पनि एक हजार रुपैयाँले बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज तेजाबी सुनको मूल्य पनि बढेको छ । बिहिबार ६३ हजार ७०० रुपैयाँमै कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज एक हजार रुपैयाँले बढेर ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५ रुपैयाँ कायम गरेको छ ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७४० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३४ रुपैयाँ ५० पैसा तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

आजको प्रमुख समाचार