गाउँपालिका अध्यक्षले शिक्षक कुटेपछि विद्यालय बन्द, अध्यक्ष भन्छन्, ‘जागिर नै खाईदिन्छु’

६ असार २०७६, शुक्रबार १०:३७ मा प्रकाशित

निरोज कुमार थापा, रामेछाप, ६ असार । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले एक विद्यालयका प्रधानाध्यापकलाई कुटेपछि गाउँपालिका भित्रका २६ वटा विद्यालय बन्द भएका छन् । सार्वजनिक कार्यक्रममा प्रअलाई कुटेको भन्दै गाउँपालिका भित्रका विद्यालयमा पठनपाठन बन्द भएको हो ।

अरुणदय माविका प्र.अ. सन्तोष पौडेलमाथि गाउँपालिकाका अध्यक्ष खड्काले हात हालेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले
विरोध स्वरुप विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गत बुधबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको विषयमा छलफल गर्न बोलाईएको बैठकमा अध्यक्ष खड्काले पौडेललाई आक्रमण गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टेक प्रसास घिमिरे र सचिव मणि बहादुर बस्नेतले विज्ञपित नै निकालेर अध्यक्ष खड्काले प्रशंग बाहिरको शिक्षक छनौटको कुरा उठाएर बैठकमा नै आक्रमण गरेको बताइएको छ । हातपात भोग्ने पौडेल नेपाल शिक्षक संगठन रामेछापका कोषाअध्यक्ष हुन् ।

तर गाउँपालिकाका अध्यक्ष खड्काले भने आफूले पौडेलमाथि हातपात नगरेको दाबी गरेका छन् । आफूले हातपात नगरेको दाबी गर्दै उनले भने,‘पौडेलले ममाथि औला ठड्याए, विद्यालय बन्द गर्ने भनेका रहेछन् जसले विद्यालय बन्द गर्छ उसलाई जागिरबाटै हटाईदिन्छु । विद्यालयमा राजनीति गर्ने र मलाई कुट्यो भन्दै हिड्ने सन्तोष पौडेललाई जागिरबाट हटाइदिन्छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को