प्रस्तावित चार देशका राजदूतविरुद्ध उजुरी आह्वान

६ असार २०७६, शुक्रबार ०९:५० मा प्रकाशित

काठमाडौँ, ६ असार । संसदको संसदीय सुनुवाई समितिले सरकारबाट चार देशका लागि सिफारिस भएका राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ । समितिले प्रस्तावित राजदूतहरु बिरुद्ध उजुरी तथा सूचना माग गर्दै सूचना प्रकाशित गरेको छ ।

चार राजदूतहरुको नियुक्ति उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार तथा सबुत प्रमाणसहित असार १४ गते कार्यालय समयभित्र समितिमा उजुरी दिन सकिने जनाईएको छ । यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम, थर र वतन स्पष्ट रुपमा खुलाउनुपर्ने र चाहेमा सूचनादाताको नाम गोप्य राखिने पनि जनाइएको छ ।

सरकारले बंगलादेशका लागि वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई राजदूत पदमा सिफारिस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने