प्रधानमन्त्री कृषि परियोजनामार्फत १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा

६ असार २०७६, शुक्रबार ०९:०० मा प्रकाशित

काठमाडौँ, ६ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरिदमा भ्रष्टाचार भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्यान खरिदमा भ्रष्टाचार भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजनाबाट चार वटा मोबाइल भ्यान किनिएको भनिएपनि कार्यालयमा दाखिला नगरी प्राप्त भएको विवरण तयार पारी भ्रष्टाचार गरेको आरोपमा आयोगले महानिर्देशक कर्णविरुद्ध १२ करोड ४० लाख ४७ हजार ५५८ बिगो माग गर्दै मुद्दा दायर गरेको हो । उक्त भ्यानको आपूर्तिकर्तासँगको मिलेमतो गरी गैरकानूनी लाभ लिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको अध्ययनबाट पत्ता लागेको आयोगले जनाएको छ । चार थान प्रयोगशाला मोबाइल भ्यानको दुई पटक गरी २४ करोड ८० लाख ९५ हजार ११६ हिनामिना गरेको पाइएको थियो ।

आयोगले खरीद प्रक्रियामा मिलेमतो गर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रवीता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेल विरुद्ध आरोपत्र दायर गरेको छ ।

त्यस्तै तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषी इञ्जिनीयर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईँ, निर्देशक लक्ष्मणप्रसाद पौडेल, वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र आपूर्तिकर्ताका प्रतिनिधि प्रवीण कुँवरविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

आयोगले व्यावसायिक तथा सीप तालीम केन्द्र भद्रपुर झापाका शाखा अधिकृत सुमेन्द्र मण्डल र नासु राजकुमार धिमालविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सीपमूलक तालीम सञ्चालन गरेबापतको भुक्तानी दिने क्रममा उनीहरुले सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार