सुन इतिहासकै महङ्गो

५ असार २०७६, बिहीबार १८:४६ मा प्रकाशित

काठमाडौँ, ५ असार । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको हो । को छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार यो मूल्य अहिलेसम्मकै रेकर्ड हो ।

चीन र अमेरिकाको व्यापार युद्धले प्रभावित भएको सुन बजारमा इरान र अमेरिकाबीचको पछिल्लो तनावले झन भाउ बढेको व्यवसायीहरुको भनाई छ ।

यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । अहिले भने नयाँ रेकर्ड नै कायम हुने गरि भाउ बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण

रसुवा । कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल-चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज