कोमल वलीले भनिन्,‘पशुपति क्षेत्रमा गाँजा खान खुला गरियोस्’

५ असार २०७६, बिहीबार १७:०७ मा प्रकाशित

काठमाडौँ, ५ असार । राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजा खान पाउनुपर्ने माग गरेकी छिन् । बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वलीले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो राखेकी हुन् ।

‘विश्वका अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ?’ उनले प्रश्न गर्दै भनिन, ‘पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न ।’

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र गाँजा चरेस प्रतिबन्द गरिएको बताए । पशुपति क्षेत्रको वन क्रिडास्थल बनेको भन्दै सांसदले चासो प्रकट गरेका थिए । वनमा युवायुवतीको डेटिङ स्पट र दुव्यर्सनीको अखडा बनेको उनीहरुले बताए।

सदस्य सचिव डा. ढकालले पहिले र अहिलेको परिस्थिति फरक रहेको बताए । उनले वन क्षेत्रमा दिनहुँ २ पटक गस्ती टोली पठाउने गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण