विराज भट्टको फिल्मलाई गाउँपालिकाको १० लाख

५ असार २०७६, बिहीबार १५:०८ मा प्रकाशित

डोटी, ५ असार । नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बन्दै गरेको चलचित्र ‘साङ्लो’ मा डोटीको जोरायल गाउँपालिकाले लगानी गर्ने भएको छ । गाउँपालिकाले बिकास निर्माणको लागि छुट्याएको १० लाख रुपैयाँ चलचित्रमा लगानी गर्ने भएको हो । गाउँपालिकाको जेठ २७ को बैठकले उक्त चलचित्रलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले चलचित्रमा डोटीका संस्कृति तथा बिभिन्न रमणिय स्थानहरु खिचिएकोले पर्यटन प्रवद्र्धन हुने भएकाले पैसा दिईएको बताए । उनले भने ‘यो रकम निर्माताको गोजीमा हाल्न हैन, निर्माण टिमलाई खान, बस्न र यातायात खर्चका लागि दिएको हो ।’ उत्तः चलचित्रमा दुर्गादत्तले पनि अभिनय गर्नेछन् ।

चलचित्रमा विराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको