खलंगामा माओबादी बिरुद्ध सभा, हजारौंको सहभागि

२१ श्रावण २०६९, आईतवार १६:३२ मा प्रकाशित

रुकुम, २१ साउन । मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा गत साउन १७ गते भएको झडपको बिरोध गर्दै नेकपा एमाले रुकुमका भ्रातृ संठगनहरुले सयुक्त रुपमा बिरोध र्‍याली निकालेर एकीकृत नेकपा माओवादीको विरोध गरेका छन । क्यापसमा उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै  बोलाईएको  छलफलमा अनेरास्वबियु र अखिल क्रान्तिकारीबीच भएको झडपमा परि घाइते ३ जना अखिल क्रान्तिकारीका कार्यकर्ताहरु घाइते भएका थिए ।
घटना पश्चात माओवादी रुकुमले एमालेका पार्टी सचिव विमल पुन, मदन खड्का, धनबहादुर शाह, तेजविक्रम आरसीलगायत ७ जनाविरुद्ध ज्यान मार्ने उद्योग गरेको भन्दै माओवादीले जिल्ला प्रहरी रुकुममा मुद्दा जाहेर गरेपछि एमाले रुकुमले बिरोध सभा गरेको हो  । साउन १० गतेदेखि मुसिकोट क्याम्पसमा संगठन बिस्तारको लागि गएको अनेरास्वबियुलाई अखिल क्रान्तिकारीले स्वबियुको अनुमति चाहिन्छ भन्दै अबरोध गरेपछि उत्पन्न बिवाद हालसम्म समाधान हुन सकेको छैन । बजार परिक्रममा गरि एमाले रुकुमले कोण सभा गर्दै बिगतको जस्तो अवस्था नभएकाले माओबादीले आफनो दादागिरीलाई कम गर्न आग्रह गरेको छ ।
प्रहरीले अनेरास्वबियुका अध्यक्ष मदन खड्का सहित ६ जनालाई हिरासतमा राखेको छ भने पार्टी सचिब बिमल पुनलाइ समातेको छैन । यसैगरि आफूहरुमाथि पनि माओवादीका कार्यकर्ताहरुको ज्यान मार्ने प्रयास गरेको भन्दै अनेरास्ववियु रुकुमले माओवादीका पाँच जना कार्यकर्ताहरु बिरुद्ध सोही प्रकृतिको किटानी जाहेरी गरेको छ ।
किटानीमा माओबादी राज्य समिति सदस्य बुद्धिप्रसाद गौतम, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिनेश गुरुङ, क्याप्पस प्राध्यापक मुकुन्द शर्मा, क्याम्पस इकाइ अध्यक्ष सुन्दर शर्मा र शालीग्राम शर्मा रहेका छन । दुवै पक्षले किटानी जाहेरी गरेपछि बिवाद झन लम्बिदै गरेको छ ।
क्रान्तिकारीले आफना कार्यकर्ताहरु माथि आक्रमण गर्ने लाइ कार्बाही नभए सम्म रुकुमका सम्पुर्ण शैक्षिक सस्थाहरु अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । तर जिल्लाका  कुनै पनि शैक्षिक सस्थाहरु बन्दको प्रभाब भने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत