निर्मला हत्या प्रकरणः प्रहरीले यातना दिएको भन्दै आरोपितद्वारा जाहेरी

५ असार २०७६, बिहीबार १४:१० मा प्रकाशित

कञ्चनपुर, ५ असार । निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन डीएसपीसहित चार जना प्रहरीविरुद्ध जाहेरी परेको छ । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भीमदत्तनगर–१८ सालघारीका विशाल चौधरीले तत्कालीन डीएसपी कृष्णराज ओझासहित अन्य तीन जना प्रहरी विरुद्ध यातना कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका छन् ।

चौधरीले ओझासहित भीमदत्तनगर–१८ स्थित सालघारीको अस्थाई प्रहरी पोस्टका तत्कालीन प्रमुख असई रामसिंह धामी र जिल्ला प्रहरी कार्यालयबाट खटिएका अन्य दुई नाम र दर्जा थाहा नभएका प्रहरीविरुद्ध जाहेरी दिएका हुन ।

निर्मला हत्या प्रकरणमा काठमाडौँबाट पक्राउ परेका प्रदीप रावलको बयानपछि विशाल गत मंसिर १९ गते कञ्चपुरको सालघारीबाट पक्राउ परेका थिए । दुवैलाई छुट्टाछुट्टै बयानपछि संयुक्त बयानका लागि महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमै राखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितको टोलीले बयान लिएको थियो ।

विशालले अनुसन्धानको क्रममा प्रहरीले आफूहरुलाई यातना दिएर अपराध कबुल गर्न लगाएको बताएका छन् । ‘अनुसन्धानको क्रममा धेरै यातना दिइयो, पेस्तोल देखाएर डर देखाइयो, आँखामा पट्टी बाँधेर कुटियो, त्यसैले यसको विरुद्ध प्रहरीविरुद्ध जाहेरी दिएको हुँ’ विशालले भने ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार