काठमाडौं, २१ साउन । अर्थसचिव कृष्णहरि बास्कोटाले लेखा परीक्षकलाई कसैको लोभमा नपरि निष्पक्ष र निर्भिक भएर काम गर्न निर्देशन दिएका छन् । मुलुकले खुल्ला आर्थिक नीति अवलम्वन गरेपछि आय आर्जन गर्ने व्यक्ति, संस्थाले स्वयं घोषणा गरी आयकर तिर्ने व्यवस्था लागू भएकोले यसका लागि निजी क्षेत्रको वासलात लगायतका खातापाता प्रमाणित गर्ने इजाजत प्राप्त लेखापरीक्षकको भेलामा उनले यस्तो सल्लाह दिएका हुन्।
आन्तरिक राजस्व विभाग र नेपाल अडिटर्स एसोसीयन (अडान) ले शनिबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले इजाजत प्राप्त लेखा परीक्षकले राज्यको पक्षमा काम गर्नुपर्ने बताए। ‘कुनै पनि उद्यमी(व्यापारीलाई फाइदा पुग्ने र राज्यलाई नोक्सान हुने गरी एजेण्ट, दलालको भूमिका निर्वाह लेखापरिक्षकले गर्न हुँदैनु वास्कोटाले भने। गलत काम गर्न पल्केको पदाधिकारीको पक्षमा भ्रष्टाचारको बाहक भएर काम नगर्न समेत उनले आग्रह गरे।
ुखातापाता मिलाई दिने लेखापालको काम होईन, कमीकमजोरी औल्याई दिने पथप्रदर्शकका भूमिका निर्वाह गर्नुपर्छु वास्कोताले भने। उनले औषधि तितो भए पनि त्यो गुणकारी हुने झै लेखा परीक्षकले निजी क्षेत्रको कमीकमजोरी औल्याई दिने, प्रचलित कर कानुनको पालनामा सघाई दिंदा उद्योग(व्यापार भविष्यमा फष्टाउन मद्दत पुग्ने बताए।
वास्कोटाले कर लेखा परीक्षकहरु कर प्रशासन र करदाता बीचको सेतु भएकाले लेखा परीक्षकका लागि तोकिएको मापदण्डअनुसार व्यावसायिक भूमिका निर्वाह गर्न आग्रह गरे
विभागका महानिर्देशक टंकमणि शर्माले विभाग, आईक्यान र अडानले संयुक्त रुपमा मिलेर आचार संहिता निर्माण गर्ने जानकारी दिए। आईक्यानका अध्यक्ष मधुवीर पाण्डेले कर अधिकृत र लेखा परीक्षक दुवैले समयअनुसार आफूलाई दक्षताको उच्च कसीमा राख्नु पर्ने सल्लाह दिए। अडानका अध्यक्ष कमल खरेलले लेखा परीक्षकले राज्यलाई सघाउने र इमान्दारितापूर्वक काम गर्ने बताए।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित
काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५०