हुम्ला जीप दुर्घटनामा बेपत्ताको संख्या ११ पुग्यो, गाउँपालिकाद्वारा सार्वजनिक बिदा

५ असार २०७६, बिहीबार ११:४८ मा प्रकाशित

हुम्ला, ५ असार । हुम्लामा भएको जीप दुर्घटनामा बेपत्ता हुनेको संख्या ११ पुगेको छ । यसअघि जीपमा १० जना रहेको भनिएपनि जीपमा एक जना कुक म्यान समेत रहेको खुलेको छ । जीपमा कतिजना सवार थिए भन्ने अझै नखुलिसकेकाले बेपत्ताको संख्या बढ्ने सक्ने अनुमान गरिएको छ ।

बेपत्ता भएकाहरू नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौडा नजिकै खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जीप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्र्स भेटिएको छ ।

बेपत्ताको खोजीका लागि गोताखोर टोली पनि खटिएको छ । मंगलबार सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिका कार्यालय याङचुबगर जाने क्रममा लु १ ज ७१६६ नम्बरको बलेरो जीप नदीमा खसेको थियो ।

सार्वजनिक बिदा

खार्पुनाथ गाउँपालिकाको बुधबार बसेको आकस्मिक बैठकले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, असार १५ गते शोकसभासहित सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै पालिकाभित्र रहेका सरकारी, गैरसरकारी एवम् विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१