पूर्वबाट नेपाल छिर्यो मनसुन

५ असार २०७६, बिहीबार ११:२५ मा प्रकाशित

काठमाडौँ, ५ असार । पूर्वी नेपालमा मनसुनी वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको छ । गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी १४.६ मिलिमिटर पानी परेको छ ।

गत वर्षको तुलनामा १० दिन ढिलो गरी मनसुन सुरु भएको मौसमविद्हरुले जनाएका छन् । गत वर्ष ८ जुनमै मनसुन शुरु भएको थियो ।

विभागले मनसुन सुरु भएको औपचारिक घोषणा भने गरेको छैन । आज बेलुका वा भोली बिहानसम्म औपचारिक जानकारी दिने विभागको तयारी छ । मनसुन देशभरी फैलिन भने हप्ता दिन लाग्न सक्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार यो वर्ष धेरै पानी पर्ने सम्भावना छैन् ।

विभागले बिहीबार पूर्व र मध्य नेपालका केही स्थान तथा पश्चिममा हल्का वर्षा हुने अनुमान गरेको छ । बिहीबार राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी