कोपा अमेरिकामा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो

५ असार २०७६, बिहीबार १०:४० मा प्रकाशित

ब्राजिल, ५ असार । कोपा अमेरिका फुटबलको आफ्नो दोस्रो खेलमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा पछि परेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा कप्तानी लियोनल मेस्सीले गोल गर्दै बराबरी गरे । ३७ औँ मिनेटमा रिचार्ड सान्चेजको गोलबाट पाराग्वेले सुरुवाति अग्रता लिएको थियो । ५७ औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा लगेका हुन् ।

जारी प्रतियोगीतामा समूह चरणको पहिलो खेलमा कोलम्बियासँग २–० ले स्तब्ध भएको अर्जेन्टिना दुई पटकको फाइनलिस्ट हो

लगातार दुई खेलमा जित निकालेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा छ । दुई अंकसहित पाराग्वे दोस्रो स्थानमा रहेको छ । समान एक अंक भए पनि गोल अन्तरका आधारमा पछि परेकाले कतार भन्दा पनि पछि हुँदै अर्जेन्टिना पुछारमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार