नेपालको महँगी बृद्धिदर दक्षिण एसियामै अस्वभाविक

५ असार २०७६, बिहीबार ०९:३४ मा प्रकाशित

काठमाडौँ, ५ असार । नेपालमा पछिल्लो एक महिनामा अत्याधिक महँगी बढेको छ । एक महिनामा नेपालमा महँगी करिब २१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिबेदनमा उल्लेख छ ।

गत चैतमा ४.४ प्रतिशत रहेको मूल्य बृद्धि दर ०.९ प्रतिशतले बढेर बैशाखमा आउँदा ५.३ प्रतिशत पुगेको छ । एक महिनामा करिव १ प्रतिशत बिन्दु हाराहारीले मूल्य बृद्धि बढ्नु भनेको भारत र दक्षिण एसियाको तुलनामा अस्वभाविक हो । चैत र बैशाखको बृद्धि दरलाई तुलना गर्दा यो २० प्रतिशतको बृद्धि हो । भारतमा मुल्य वृद्धि ३.८ प्रतिशत रहेको छ, जबकी अघिल्लो बर्षको बैशाखमा नेपालको मुल्य वृद्धि ४.१ प्रतिशत हुँदा भारतको ५ प्रतिशत थियो ।

बैशाखसम्मको विवरणमा खाद्यान्नको मूल्य बृद्धि समेत उच्च देखिन्छ । गत चैतमा खाद्यान्नको मूल्य बृद्धि दर २.८ प्रतिशत हुँदा अहिले बैशाखमा यो बढेर ५.८ प्रतिशत पुगेको छ ।

त्यस्तै काठमाण्डौ र पहाडमा समेत अचाक्ली महँगी बढेको छ । गत चैतमा काठमाण्डौमा मुल्य वृद्धि ४.७ प्रतिशत रहेकोमा एक महिनामा नै महंगी बढेर ६.०५ प्रतिशत पुगेको छ । त्यस्तै चैतमा पहाडमा मुल्य वृद्धि ४.८ प्रतिशत रहंदा बैशाखमा ५ प्रतिशत पुगेको छ । तराईमा शुन्य दशमलब ९ प्रतिशतले मुल्य वृद्धि बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

छत्र मैनाली कोलम्बिया । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी

आजको प्रमुख समाचार