म्यानपावर व्यवसायीबीच मतभेद तीब्र, निर्वाचन कि सर्वसम्मत नेतृत्व ?

५ असार २०७६, बिहीबार ०९:२३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५ असार । नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा अहिले निर्वाचनको चटारो छ । आगामी असार २७ गतेलाई तोकिएको निर्वाचनमा विभिन्न कोणबाट बहस सुरु भएका छन् ।

वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने लगायतका ५ बुंदे माग राखेर म्यानपावर व्यवसायीहरु आन्दोलनमा छन ।

बिधानअनुसार बिशेष साधारणसभा डाकेर त्यसले अहिलेको कार्यसमितिको म्याद थप नगरे संघको कार्यसमितिको २ वर्षे कार्यकाल असार २७ सम्म रहनेछ । म्यानपावर व्यवसायीले राखेका कुनै पनि माग अहिलेसम्म पुरा भएका छैनन । आन्दोलन नै टुंगोमा नपुगी म्यानपावर व्यवसायीहरु निर्वाचनमा किन होमिदै छन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

आन्दोलन नटुंगिएसम्म बिधान संसोधन गरेर अहिलेको कार्यसमितिलाई नै निरन्तरता दिने ठाउँ हुँदाहुँदै पनि म्यानपावर व्यवसायीहरु त्यो बाटो रोज्ने पक्षमा देखिएका छैनन । जसले गर्दा म्यानपावर व्यवसायीबीच धेरै असन्तुष्टि रहेको सहजै बुझ्न सकिन्छ ।

संघमा निवेदन परेपछि बिशेष साधारणसभा बोलाउन सक्ने ठाउँ हुन्छ । २५१ म्यानपावर व्यवसायीहरुले सामुहिक रुपमा हस्ताक्षर गरेर बिधान संसोधन गरि अहिलेको कार्यसमितिलाई नै केहि समयलाई निरन्तरता दिने विकल्प हुँदा हुँदैपनि व्यवसायीले निर्वाचन नै रोजेका छन । संघमा हाल ९ सय ८३ संस्था आवद्ध छन् ।

संघको आगामी निर्वाचनको मिति तोकिएसगै म्यानपावर व्यवसायीबीच तीव्र मतभेत बढेको छ । विशेषगरि नेकपा समर्थित प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मञ्च र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमबीच संघको नयाँ निर्वाचन गर्ने कि नगर्ने भन्नेमै विवाद छ ।

संघको निर्वाचन गर्ने निर्णयलाई लिएर नै व्यवसायी विच नै अहिलेको अवस्थामा निर्वाचन आवश्यकता हो, कि होइन भन्ने विवाद सतहमा आएको छ। सरकारले एकतर्फी धरौटी रकम बढाएको र व्यवसायीका माग सुनुवाई नभएको अवस्थामा सबै मिलेर सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका छन भने केहिले निर्वाचनको विकल्प नरहेको बताउदै आएका छन ।

यस सम्बन्धनमा ुसंघका अध्यक्ष रोहन गुरुङ भने संघ आफैं निर्णयकर्ता होइन भन्छन् । ‘नेपाल ट्वान्टी फो आवर’सँगको संक्षिप्त कुराकानीमा उनले नेतृत्त्वले केहि गरेन भन्नु गलत भएको बताए । निर्वाचनमो मिति तय भएपनि प्यानलै बनाएर मतदानमा जाने वा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले