३३ किलो सुन प्रकरणः न्यायाधीशसँग स्पष्टिकरण माग

४ असार २०७६, बुधबार १८:४८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ असार । सुन तस्करी सम्बन्धी मुद्दामा मुछिएका न्यायाधीशलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको परिषद वैठकले उच्च अदालत विराटनगरका न्यायाधीशहरु थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहलाई स्पष्टिकरण पेश गर्न भनेको हो ।

परिषदले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, न्यायाधीशहरु सारङ्गा सुवेदी र जनक पाण्डेलाई पनि सचेत गराएको छ । विवादमा तानिएका न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र उमेशराज पौडेलको अवकास भएका कारण उजुरी तामेलीमा राख्ने निर्णय भएको छ ।

साढे ३३ किलो सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंकामा भएको छानविन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार र बुधबार न्याय परिषद वैठक बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१