कर्णाली जीप दुर्घटना अपडेटः गोताखोर टोलीले थाल्यो खोजी कार्य

४ असार २०७६, बुधबार १५:४१ मा प्रकाशित

हुम्ला, ४ असार । कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गोताखोरको टोली घटनास्थल पुगेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट गोताखोरको टोली पुगेको हो ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर दिउँसो हुम्ला पुगेको हो । सशस्त्र प्रहरी निरीक्षक लक्षमण वस्नेत नेतृत्वमाको दश जना गोताखोरको टोलीले खोजी शुरू गरेको छ ।

सोमबार दिउसो साढे १२ बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु हिडेको जीप कर्णाली नदीमा खसेको थियो । जीप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, चालक सिमकोट ८ बस्ने मणी शाही, खार्पुनाथ ४ का चन्द्र हमाल, नैन सिंह भण्डारी, वसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह, कौर दमाई र उनको नाम नखुलेका दुई वर्षीय छोरा र काठमाडौ थानकोटका राजु श्रेष्ठ वेपत्ता भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार