नेपाली टिमका प्रशिक्षक हानको स्वागत

४ असार २०७६, बुधबार १३:३४ मा प्रकाशित

काठमाडौँ, ४ असार । नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुगेका छन् ।

नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरे । पाचौँ संस्करणको उक्त प्रतियोगिता आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।

हान पहिलोपटक नेपाली प्रशिक्षकका रूपमा नेपाल आएका हुन् । उनी तीन महिनाका लागि नेपाली टिमसँग रहने छन् । भलिबल प्रशिक्षणमा २५ वर्ष लामो अनुभव रहेका हानको प्रशिक्षणले सेन्ट्रल जोनमा नेपालले राम्रो नतिजा ल्याउने विश्वास छ ।

सन् २०१४ देखि २०१५ सम्म नेदरल्याण्ड्सको राष्ट्रिय टिम यु–२१ को मुख्य प्रशिक्षक समेत भईसकेका हानले विहिबारदेखि नेपाली टोलीको प्रशिक्षण गराउने छन् ।

रासस

प्रतिक्रिया
सम्बन्धित खवर

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई