नेपालबाट विश्वकप क्रिकेट हेर्न नपाईने

४ असार २०७६, बुधबार १२:५७ मा प्रकाशित

काठमाडौँ, ४ असार । इंग्ल्याण्डमा जारी आइसिसी विश्वकप क्रिकेट अन्तर्गत असार ९ गते हुने खेलको प्रत्यक्ष प्रसारण हेर्न नपाइने भएको छ । ९ गते बंगलादेश र अफगानिस्तानबीचको खेल हुँदैछ ।

विज्ञापन ऐन, २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने भएकाले नेपालबाट खेल हेर्न नपाईने भएको हो ।

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विदेशी विज्ञापनबिनाका च्यानल बन्द गर्ने निर्णयको विरोधमा विज्ञापन प्रशारण हुने विदेशी च्यानल बन्द गर्न लागिएको बताए ।

प्रस्तावित विज्ञापन ऐन, २०७६ ले विदेशी च्यानलको प्रशारणमा विज्ञापन हुन नहुने व्यवस्था गर्न लागेको छ । नेपालमा प्रशारण हुनेमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी