छात्रबृत्तिको नाममा लाखौ भ्रष्टाचार

२१ श्रावण २०६९, आईतवार १६:१५ मा प्रकाशित

ताप्लेजुङ २१ साउन । ताप्लेजुङको उत्तरी गाउँ ग्याब्लाको ग्याब्ला प्राथमिक बिद्यालयमा जम्मा १२ जना मात्र विद्यार्थी रहेपछि छात्रबृत्तिको रकम भने ५४ जनाको निकासा भएको छ । ग्याब्ला मात्र नभएर पापुङको भीरगाउँ प्राथमिक बिद्यालयमा जम्मा विद्यार्थी १५ जना छन् । यो विद्यालयका नाममा ७९ जनाको छात्रबृत्ति रकम निकासा भएको छ ।
जम्मा ६ हजार मात्र निकासा हुनु पर्नेमा ३१ हजार ६ सय रुपैंया निकासा भएको छ । सरकारले छात्राहरुलाई ४ सय रुपैयाँका दरले छात्रवृत्ति रकम उपलब्ध गराउादै आएको छ । तर यसरी विद्यार्थीलाई दिइने रकम शिक्षा कार्यालय र सम्बन्धित विद्यालयका शिक्षकको मिलेमतोमा अनियमतिता हुने गरेको पाईएको छ ।
२७ जना बिद्यार्थी रहेको नागथान प्राथमिक बिद्यालयमा ८५ जना छात्राको नाममा रकम निकासा भएको छ । जिल्ला शिक्षा कार्यालयका कर्मचारी तथा बिद्यालयका प्रधानाध्यापकको मिलेमतोमा सयौं बिद्यार्थीको नाम किर्ते गरी लाखौं रुपैंया भ्रष्टचार हुने गरेको जिल्ला शिक्षा कार्यालय श्रोतले जनाएको छ ।
जिल्लामा रहेका हरेक बिद्यालयमा फर्जी बिद्यार्थीहरुको नाम लेखाएर छात्रवृत्ति रकममा अनियमितता गर्ने गरेका श्रोतको दावी छ । श्रोतका अनुसार यसमा विद्यालयका प्राधानाध्यापक र शिक्षक तथा जिल्ला शिक्षा कार्यालयका कर्मचारीको प्रत्यक्ष संलग्नता हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको