गुठी विधेयकमा कांग्रेसको प्रश्न ‘संसद बाहिरबाट फिर्ता लिनु कस्तो संसदीय व्यवस्था ?’

४ असार २०७६, बुधबार ११:५४ मा प्रकाशित

काठमाडौँ, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद बाहिरबाट गुठी विधेयक फिर्ता लिएको भन्दै आलोचना गरेको छ । संसद चलेको समयमा सम्बन्धित मन्त्रीले सदनमै फिर्ता लिनुपर्नेमा बाहिर गएर फिर्ता लिनु आपत्तिजनक भएको कांग्रेसको आरोप छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकको प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सदन चलेको समयमा बाहिर गएर विधेयक फिर्ता लिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संसद चलेको बेला बाहिर गएर विधेयक फिर्ता लिनु हुन्छ ? मन्त्रीले फिर्ता लिने हो ? यहीँ लिएको भए भइहाल्थ्यो नि, कहाँको संसदीय व्यवस्था हो ?’ देउवाले प्रश्न गरे ।

देउवाले सदन प्रतिपक्षको र सरकार सत्ता पक्षको भन्ने संसारभरको मान्यता रहेको दाबी गर्दै हिजो पहिला आफूले बोल्न पाउनुपर्ने दलिल गरे । ‘हिजो मैले पहिले समय मागिसकेको थिएँ, मैले पहिला बोलेको भए प्रधामनन्त्रीले मेरो जवाफ दिन पाउनुहुन्थ्यो, जतापनि सदन प्रतिपक्षको हो,’ देउवाले भने, ‘यहाँ उल्टो भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी