कोपा अमेरिका फुटबलमा भेनेजुएलासँग ब्राजिल बरारबीमा

४ असार २०७६, बुधबार १०:२७ मा प्रकाशित

ब्राजिल, ४ असार । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान सकिएको खेलमा ब्राजिलको गोलको प्रयासलाई भेनेजुएलाको रोक्यो । यस बराबरीसँगै समूह ‘ए’ मा दुई खेल खेलेको ब्राजिल चार अंक सहित शीर्ष स्थानमा यथावत छ । समूहको पहिलो खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोलले हराएको थियो ।

यसैगरी बुधबार बिहाननै भएको यही समूहको अर्को खेलमा पेरुले बोलिभियालाई ३–१ गोलले हराएको छ । खेलमा सुरुवाती अग्रता भने बोलिभियाले लिएको थियो । २८औं मिनेटमा मार्सेलो मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाए । बोलिभियाको अग्रतापछि पेरुका जोस पाओलो गुरेरोले ४५औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि ५५औं मिनेटमा जेफरसन फारफनले गोलगर्दै पेरुलाई अग्रता दिलाए । खेलको अन्तिममा इडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई सजिलै जिताए । जितसँगै दुई खेलबाट चार अंक बनाएको पेरु गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । दुईवटै खेलमा बराबरीमा रोकिएको भेनेजुएला दुई अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल