विश्वकप क्रिकेटमा आक्रामक न्युजिल्यान्डलाई कमजोर दक्षिण अफ्रिकाको चुनौती

४ असार २०७६, बुधबार १०:२० मा प्रकाशित

इङ्ल्याण्ड, ४ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । एजबस्टन स्टेडियममा नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जितको लक्ष्य राखेका छन् ।

जारी विश्वकपमा न्युजिल्यान्ड निकै आक्रामक देखिएको छ । दक्षिण अफ्रिका भने खराव प्रदर्शनबाट गुज्रिएको छ । न्युजिल्यान्डले यसअघिका चार खेलमा तीन जित निकालेको छ । एक खेल बर्षाका कारण रोकिएको थियो । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिकाले एक खेल मात्र जितेको छ ।

दक्षिण अफ्रिका तीन खेलमा पराजित भईसकेको छ । एक खेल बर्षाका कारण रोकिएको थियो । जारी विश्कपमा टिकिराख्न दक्षिण अफ्रिाकालाई पनि न्युजिल्यान्डलाई हराउनु पर्ने बाध्यता छ ।

विश्वकपमा यसअघि दुई टोलीको भिडन्तमा पनि न्युजिल्यान्ड बलियो देखिएको छ । यसअघि यी दुई टोली विश्वकपमा सात पटक भिडेका थिए । जसमा न्युजिल्यान्ड पाँच र दक्षिण अफ्रिकाले दुई खेल जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको