कर्णालीमा खसेको जीपको अवस्था अझै अज्ञात, यी हुन बेपत्ता हुने १० जना

४ असार २०७६, बुधबार ०९:५५ मा प्रकाशित

हुम्ला, ४ असार । मंगलबार कर्णाली नदीमा खसेको जीप अझै फेला पर्न सकेको छैन । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको हो ।

दुर्घटनामा जीपमा सवार सबै १० जना बेपत्ता छन् । बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेका छन् ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उनका दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न सकेको छैन ।

दुर्घटनास्थलमा चार वटा हेलिकप्टर खटिएबा छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी खोजीमा परिचालित गरिएको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए । अहिले गोताखोरको टोलीपनि पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी